
काठमाडौँ, २ पुस – पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ४९ हजार ६५२ मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।
निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजे प्राप्त जानकारीअनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २९५, नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३, नेकपा (माओवादी केन्द्र) १२ लाख ९५ हजार ९०३, राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७० हजार ४८६ र संघीय समाजवादी फोरमले नेपाल चार लाख ६९ हजार ४६१ मत प्राप्त गर्न सफल भएको छ ।
विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४२६ मत प्राप्त गरेको छ । दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा करिब एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम भने केही दिनअघि नै सार्वजनिक भइसकेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल