
लन्डन । स्वास्थ्यका कारण करिब १८ हजार ब्रिटिश आर्मी युद्धको अग्रमोर्चामा लड्न अयोग्य भएका खुलेको छ । कन्जरभेटिभ सांसद एन्ड्रियू बोले अध्यक्षता गरेको संसदीय समितिलाई लिखित जवाफ दिंदै बेलायतको रक्षा मन्त्रालय (एमओडी) ले उक्त तथ्यांक दिएको फोर्सेस टिभीले जनाएको छ ।
ब्रिटिश आर्मीको संख्या ८२ हजार हुनुपर्नेमा अहिले घटेर ७८ हजार ४०७ छ । यो हिसावले २२ प्रतिशत ब्रिटिश आर्मी कुनै पनि युद्धको अग्रपंक्तिमा गएर लड्न अयोग्य (रोगी) छन् । स्कटल्याण्डको वेष्ट एबरडिनसायर एण्ड किनकार्डिन क्षेत्रका सांसद एन्ड्रियूले ब्रिटिश आर्मीमा ७७ प्रतिशतमात्र युद्धमा खटिन सक्षम हुनु चिन्ताको विषय भएको बताए ।
ब्रिटिश आर्मीका प्रवक्ताले भने बेलायतलाई सुरक्षित राख्न आर्मी संख्या पर्याप्त भएको बताएका छन् । ति प्रवक्ताले ९५ प्रतिशत पदपूर्ति भइसकेको र गत वर्षमात्र विभिन्न पदमा ८ हजार सेना भर्ती गरिएको जनाए ।
गोर्खाहरु पनि दुई सय वर्ष भन्दा बढि समयदेखि ब्रिटिश आर्मीमा सशक्त र एउटा अभिन्न अंगका रुपमा सेवारत रहंदै आएका छन् । अफगानिस्तान तथा इराक युद्धमा गोर्खाहरु पनि अग्रपंक्तिमा खटिने गरेका छन् । ब्रिटिश आर्मी अहिले अफगानिस्तान, इराक, अफ्रिका, बाल्टिक, ब्रुनाइ, क्यानाडा, साइप्रस, जर्मनी, जिब्रलटार, साउथ एटलाण्टिक आइल्याण्ड आदिमा छन् । ति सेनाको भूमिका युद्ध लड्न देखि मानवीय सहायता वितरण तथा शान्ति स्थापनाका लागि छ ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]