
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई गाडीबाट धन्यवाद ज्ञापन गर्दै । तस्बिर – नारायण अधिकारी, चितवन, रासस
चितवन, २७ मंसिर – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश समृद्धिको दिशामा अघि बढेको बताउनुभएको छ ।
माडीको बरुवामा आज आयोजित विजयी सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताउनुभयो ।
देश र जनतालाई अहिले विकासको आबश्यकता छ भन्दै उहाँले जनतामाझ आफूले गरेका प्रतिबद्धता पुरा गरिछाड्ने बताउनुभयो ।
आफूले निर्वाचनको समयमा माडीलाई मणि बनाउने सपना देखेको बताउँदै अब त्यो सपना साकार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
माडीमा रिङरोड निर्माण गर्ने, पर्यटकीय केन्द्र बनाउने, चितवन र माडीको विकासका लागि सधै प्रतिबद्ध रहने, कृषि, पर्यटन र पूर्वाधार विकासका दृष्टिकोणले जनताले अनुभूति गर्ने गरी काम गर्ने अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो ।
माडी क्षेत्रमा नदी कटान नियन्त्रणका लागि रिभर म्यानेजमेन्ट मास्टर प्लानअन्तर्गत काम गर्ने बताउँदै उहाँले जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माण गर्ने बताउनुभयो ।
निर्वाचित भएपछि भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर ३ मा पर्ने विभिन्न वडामा घरदैलो गरी मतदातालाई धन्यबाद दिनुभएका प्रचण्डले आज माडीका विभिन्न वडामा घरदैलो गर्दै मतदाताहरूलाई धन्यवाद दिनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
 पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट] अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक