काठमाडौँ, २४ मंसिर – संघीय संरचनाअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलगत्तै गठन हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारीका लागि जोडतोडका साथ लागिरहेको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ ।
नेपालको इतिहासमा पहिलोपटक संघीय संसदका लागि निर्वाचन सम्पन्न भइसकेको तथा संविधानअनुसार संसदीय क्रियाकलाप सञ्चालन गर्नका लागि एउटा संघीय संसद सचिवालय रहने तथा त्यसअन्तर्गत प्रतिनिधिसभा सचिवालय र राष्ट्रियसभा सचिवालको व्यवस्था हुने व्यवस्थापिका–संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले रासससँगको कुराकानीमा जानकारी दिनुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सदस्यहरू निर्वाचित भई आएपछि बैठक सञ्चालनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको कक्ष मर्मत संभारका लागि संसद सचिवालय जोडतोडका साथ काम गरिरहेको र मेच, टेबुल तथा माइकको मर्मत कार्य भइरहेको उहाँले बताउनुभयो ।
राष्ट्रियसभाको कक्षका लागि केही संरचना बनाउनुपर्ने र थप मर्मत संभार गर्नुपर्ने भएकाले यस कक्षको निर्माण भने केही ढिलाई हुने डा गौतमले जानकारी दिनुभयो । यसका लागि आवश्यक सामान खरिदका लागि टेण्डर आह्वान भइसकेको र जतिसक्दो चाँडो राष्ट्रियसभा तयारी गर्नका लागि काम थालिसकेको उहाँले बताउनुभयो ।
संघीय संरचनाअन्तर्गत केन्द्रमा एक संघीय संसद तथा सात प्रदेशमा सातवटा प्रदेशसभा रहने संविधानमा व्यवस्था रहेको छ । केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशमा एक सदनात्मक प्रदेश सभा रहने प्रावधान छ ।
निर्वाचनको अन्तिम परिणाम आएको एक महिनाभित्र प्रतिनिधिसभा र २० दिनभित्र प्रदेशसभा बोलाउनुपर्ने व्यवस्था रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
डा गौतमले प्रदेशसभाका लागि प्रदेशसभा भवन, सचिवालय भवन, संसदीय दलको कार्यालय, विभिन्न समिति बस्नका लागि कक्षहरू तथा एउटा पुस्तकालय आवश्यक पर्ने संसद सचिवालय आफूले गरेको अध्ययनका क्रममा देखिएको उल्लेख गर्नुभयो ।
संघीय संसद बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने र प्रदेशसभाको हकमा नेपाल सरकारले प्रदेशसभा केन्द्र तोकेपछि सोही स्थानमा तयारी सम्पन्न गरिने उहाँले बताउनुभयो ।
संघीय संसद तथा प्रदेशसभा सञ्चालनका लागि वार्षिक रु दुई अर्ब ५५ करोड खर्च हुने अनुमान सचिवालयले गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
कर्मचारीको हकमा प्रदेश सभाका लागि सरकारले नै कर्मचारीको व्यवस्थापन गर्नुपर्ने संसद सचिवालयको धारणा रहेको छ । संचिवालयले सात प्रदेशका लागि ३५० कर्मचारी आवश्यक पर्ने अनुमान सचिवालयको अध्ययनमा देखिएको उहाँले बताउनुभयो ।
संसद सचिवालयसँग हाल कुल ३५० जनशक्ति भएकाले समायोजनमा जान चाहने कर्मचारीबाहेक आवश्यक थप कर्मचारी काज, समायोजन, लोक सेवा आयोग, अस्थायी तथा स्थायी कर्मचारीको भर्ना गरी व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’