दमौली, तनहुँ, २४ मंसिर – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १ बाट पराजित हुनुभएको छ ।
पौडेल छ हजार ८०२ मतान्तरले पराजित हुनुभएको छ । सो क्षेत्रबाट वाम गठबन्धनबाट नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठ (किसान) ३४ हजार ४९२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
काँग्रेसका वरिष्ठ नेता पौडेलले २७ हजार ६९० मत प्राप्त गर्नु भएको थियो । तनहुँबाट विसं २०४८, २०५१, २०५६, २०६४ र २०७० मा विजयी हुनुभएका पौडेल यसपटकको निर्वाचनमा भने भारी मतान्तरले पराजित हुनुभएको हो ।
सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नं (क) मा वाम गठबन्धनबाट एमालेका रामबहादुर गुरुङ १८ हजार २६५ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोविन्द भट्टराईले १६ हजार ८७८ मत पाउनुभएको थियो ।
प्रदेशसभा क्षेत्र (ख) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले १५ हजार ३६० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रघुनाथ पौडैलले ११ हजार ८८१ मत प्राप्त गर्नुभएको थियो ।
नेपालगन्ज, २४ मंसिर – बर्दिया क्षेत्र नं १ मा नेपाली काँग्रेसका सञ्जय गौतम ४४ हजार ८२९ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का वामदेव गौतमले ४४ हजार ७६ मत प्राप्त गर्नुभएको छ । विजयी गौतमलाई मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता