काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी भएका छन् । शनिबार सम्पन्न मतगणनामा खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरेर ५ औं पटक विजयी भएका हुन् । खनाल २०४८ यताका निर्वाचनमा २०५६ बाहेक सबैमा विजयी भएका छन् ।
खनालका प्रतिष्पर्धी कांग्रेस उम्मेदवार भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् ।
कमल थापा पराजित
उता, मकवानपुर क्षेत्र नम्बर १ बाट कमल थापालाई हराउंदै एमाले उम्मेदवार कृष्ण दाहाल चिर्वाचित भएका छन् । दाहालको मकवानपुरबाट यो तेश्रो जित हो ।
अन्तिम निर्वाचन परिणामअनुसार दाहालले ४० हजार ६ सय ३० मत पाएका छन् भने थापाले ३४ हजार ५ सय ५८ मत पाएका छन् ।
उपप्रधान तथा ऊर्जा मन्त्री थापा अन्तिम पटक २०५१ मा मकवानपुरबाट निर्वाचित सांसद भएका थिए । त्यसयता उनी लगातार पराजित छन् । उनी पछिल्लो संविधान सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद भएका थिए ।
त्यस्तै क्षेत्र नं. १ प्रदेश ‘ख’ तर्फ एमालेका काजिमान कागते विजयी भएका छन् । उनले १७ हजार ८ सय ९६ मत प्राप्त गरे । दोस्रो भएका कांग्रेसका दुर्गा बरालले १० हजार ३१ मत पाएका छन् ।
पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का पराजित
सुर्खेतको क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का पराजित भएका छन् । उनलाई पराजित गर्दै एमाले उम्मेदवार ध्रुवकुमार शाही विजयी भएका हुन् । शाहीले ३६ हजार ७ सय ५९ मत पाएका छन् भने खड्काले ३३ हजार ३ सय ७७ मतमात्र पाए ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता