गोरखा मंसिर २४ – नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तेस्रो पटक प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेससँगको सहकार्यमा गोरखा–२ बाट साझा उम्मेदवार बन्नुभएका डा भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी ह्याट्रिक गर्नुभयो ।
यही मंसिर १० गते भएको निर्वाचनको मतपरिणाम गए राति आएको हो । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा भट्टराईले ३१ हजार ८०७ र उहाँका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गर्नुभएको छ । डा भट्टराई र श्रेष्ठबीचको मतान्तर छ हजार ८७४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा दुई हजार ६३८ मत बदर भएको थियो । डा भट्टराई विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित हुनुभएको थियो । यस पटकको निर्वाचन प्रक्रिया शुरु भएदेखि गोरखा२ चर्चामा थियो र छ ।
माओवादीका पूर्वउपाध्यक्ष डा भट्टराई र श्रेष्ठ एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि कडा टक्कर हुने अनुमान गरिए पनि भट्टराई फराकिलो मतान्तरले विजयी हुनुभएको छ । डा भट्टराईलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकिएको छ ।

गोरखा–२ बाट प्रतिनिधिसभामा निर्वाचित नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई प्रमाणपत्र ग्रहणपछि बोल्दै । साथमा गोरखा २ प्रदेशसभा (क) मा निर्वाचित नयाँ शक्तिका नेता हरिशरण आचार्य र प्रदेश(ख)मा निर्वाचित काँग्रेसका नेता प्रकाशचन्द्र दवाडी । तस्बिर – प्रशन्न पोखरेल, गोरखा, रासस
चीनकाजीलाई हराए हरिराजले
गोरखा–१ मा नेपाली काँग्रेसबाट उम्मेदवार रहनुभएको केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई भारी मतले नेकपा (माओवादी केन्द्र)का नेता हरिराज अधिकारीले पराजित गर्नुभएको छ । कुल ६३ हजार ६१९ मत खसेकामा अधिकारीले २९ हजार ८३० र श्रेष्ठले २६ हजार ९३३ मत प्राप्त गर्नुभएको छ ।
अधिकारीले तीन हजार २१७ मतान्तरले श्रेष्ठलाई पराजित गर्नुभयो । यहाँ चार हजार ३३५ मत बदर भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने