
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भक्तपुर क्षेत्र नं २ अन्तर्गत सूर्यविनायक नगरपालिका, बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै । तस्बिर – रत्न श्रेष्ठ, रासस
भक्तपुर, २१ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब देश राजनीतिक स्थिरताको बाटामा अघि बढेको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री ओलीले भक्तपुर क्षेत्र नं २ अन्तर्गत महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले एक्लैको बहुमत आउने र बाम गठबन्धनको दुई तिहाई आउने जिकिर गर्नुभयो । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका उहाँले मतदाता नामावली भने भक्तपुरमा छ ।
नेता ओलीले भन्नुभयो, ‘देश अब विकास र समृद्धिमा अगाडि बढ्छ, निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योललाई चिर्दै आज निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, यो ठूलो उपलब्धि हो ।’ उहाँले चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाले अनेकौँ प्रयास गरेको र त्यो प्रयास असफल भएको टिप्पणी गर्दै भन्नुभयो, ‘प्रधानमन्त्रीले चुनाव सार्न अनेकौं प्रयास गर्नुभयो, आफ्ना सहयात्रीलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो तर हामीले चुनावबाहेक अरु कुरामा ध्यान दिएनौँ, अन्ततः चुनाव सम्पन्न भयो ।’
चुनावको बेला सयौँ ठाउँमा बम पड्काएर व्यक्तिको हत्या गर्नेदेखि उम्मेदवार घाइते बनाउनेसम्मका काम हुँदा पनि सरकारले बम कसले पड्काएको हो भन्न नसकेको भनी आलोचना गर्नुभयो । उहाँले देशले छिट्टै नयाँ सरकार पाउने बताउँदै वाम गठबन्धनको एकतालाई पनि पूर्ण रुप दिइने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने