काठमाडौँ, २१ मंसिर (रासस) – नेपाल प्रहरीले विस्फोटक पदार्थ, हतियार र विभिन्न दस्तावेजसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका छ नेता तथा कार्यकर्तालाई काठमाडौँ उपत्याकाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ परेकाहरु प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन बिथोल्न काठमाडौँ उपत्यकाको विभिन्न मतदान केन्द्र, महत्वपूर्ण स्थान र उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउने योजनामा संलग्न रहेका प्रहरीले जनाएको छ ।
उपत्यकाका विभिन्न स्थानमा विस्फोट गराउने उद्देश्य रहेकामा उनीहरुको गिरफ्तारीले सो योजना विफल भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर लामिदमारका रवि गोले, सिन्धुली, कयानेश्वर–९, मोक्तानडाँडाका सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, मकवानपुर, हेटौँडाका रोह नेपाली भन्ने महेश नेपाली, काभ्रे, मादन कुँडारी गाउँपालिका–८, चौरी देउरालीका विगेश लामा, नुवाकोट, लिखु नगरपालिका थानापतिका राजीव तामाङ र दोलखा, तामाकोशी गाउँपालिका–५ का रोशन विष्ट रहेका छन् ।
एक थान पेस्तोल र विस्फोटक पदार्थसहित उनीहरुलाई बुधबार प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरु उम्मेदवारलाई लक्षित गर्दै यसअघि भएका विस्फोटका घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका हातहतियार तथा विस्फोटक पदार्थ संकलन, भण्डारण तथा विभिन्न स्थानमा विस्फोट गराएको तथा विस्फोटनको योजना बनाएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले जानकारी दिनुभयो ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा