काठमाडौँ, १६ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा आचारसंहिता प्रतिकूल २५२ सामाग्री सम्प्रेषण भएको पाइएको छ ।
प्रेस काउन्सिल नेपालद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा पत्रकार तथा निर्वाचन आचारसंहित पालनाका सम्बन्धमा गत कात्तिक २६ गतेदेखि मंसिर १५ गतेसम्म गरेको विशेष अनुगमनको प्रारम्भिक प्रतिवेदनअनुसार ती सामग्री सम्प्रेषण भएको पाइएको हो ।
‘पत्रपत्रिका, रेडियो, टिभी र अनलाइन गरी १३० वटा आमसञ्चारमाध्यमबाट यस्ता सामाग्री सम्प्रेषण भएको पाइएको छ, जसअनुसार ६२ छापाबाट ९८, ३१ वटा रेडियोबाट ५३, १९ वटा टिभीबाट ४९ र १८ अनलाइनबाट ५२ सामग्री सम्प्रेषण भएका छन्’– काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मौनअवधि शुरू हुनुअघि र मौन अवधि शुरू भई मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म दुई चरणमा आमसञ्चारमाध्यमले सम्प्रेषण गर्ने समाचार तथा समाचार सामाग्रीको अनुगमन गरिएको थियो ।
त्यसक्रममा ती सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल तथा उम्मेदवारका चुनावी कार्यक्रम प्रचारप्रसार गरेको, प्रत्यक्ष प्रसारण गरेको, निर्वाचन आचारसंहितामा तोकिएको आकार र समयभन्दा बढी आकार र समयमा सःशुल्क जनाउ नदिइ विज्ञापन सम्प्रेषण गरेको पाइएको काउन्सिलले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान