
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा संयुक्त प्रचारप्रसार समितिद्वारा बिहीबार झापाको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत झापा चोकमा आयोजित चुनावी सभाको मञ्चबाट उपस्थित जनसमुदायलाई अभिवादन गर्नुहुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । तस्बिर – मोहम्मद सदरुल, भद्रपुर, (झापा) रासस
भद्रपुर, १४ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताउनुभएको छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा संयुक्त प्रचारप्रसार समितिद्वारा आज झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत झापा चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्री तथा झापा निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी बलियो भएकै कारण नेपालको संविधान जारी भएको प्रष्ट पार्नुभयो ।
मुलुकलाई समृद्धिको बाटोमा लैजान उपलब्ध प्राकृतिक सम्पदाको उच्चतम प्रयोग गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, मुलुकलाई औद्योगिकीकरण गर्ने र सूचना प्रविधिलाई विकास एवं विस्तार गर्ने हाम्रो राष्ट्रिय एजेण्डा भएको बताउँदै नेता ओलीले विविधता र अनेकतामा रहेको हाम्रो मुलुकलाई एक सूत्रमा बाँधेर अघि बढ्ने विश्वास दिलाउनुभयो ।
उहाँले वाम गठबन्धनका तर्फबाट झापा प्रत्येक निर्वाचन क्षेत्रमा बनेका उम्मेदवारलाई इमान्दारीपूर्वक मत हाल्न गठबन्धनमा आबद्ध सबैलाई आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपा माओवादी केन्द्र स्थायी कमिटीका सदस्य एवं झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले आसन्न निर्वाचनले जनताको भविष्य निर्धारण गर्ने भएकाले जनताको काम गर्ने पार्टीका उम्मेदवारलाई आम नागरिकले जिताउनुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा राप्रपाका महामन्त्री राजेन्द्रकुमार लिङ्देनले विगतमा नभएका विकास आफूले पाँच वर्षमै गरेर देखाउने र नसके फेरि पनि जनताको अगाडि मत माग्न नआउने बताउनुभयो ।
सभामा झापा निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (क) का वसन्त बानियाँ र (ख) का पूर्णसिंह राजवंशीले असल समाज निर्माण गर्न र विकासको गतिलाई तीव्र पार्न वाम गठबन्धनको उम्मेदवारलाई मत हाल्न आम जनतालाई आग्रह गर्नुभयो ।
आयोजक समितिका संयोजक पुष्पराज पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वसांसद हरि राजवंशी, मोहन टुडु र राप्रपाका नवराज पनेरुले पनि बोल्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त