
चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार चुनावी घरदैलो अभियानका क्रममा चुनावी सभाबाट सर्वसाधारणलाई अभिवादन गर्दै । तस्बीर – नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस
रत्ननगर, चितवन, १४ मंसिर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्षको लामो भूमरीमा परेको राजनीतिलाई त्यसबाट निकालेर देशलाई समृद्धिको यात्रामा लैजाने अठोटका साथ वाम एकता भएको स्पष्ट पार्नुभएको छ ।
चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको पटिहानीमा आज साँझ आयोजित चुनावीसभामा उहाँले भन्नुभयो – ‘यही मंसिर २१ को निर्वाचनपछि आउने कम्युनिष्टको सरकारले त्यो भूमरिबाट देशलाई निकालेरै छाड्छ, त्यसपछि मुलुकमा आर्थिक समृद्धि र विकासको यात्रा अघि बढ्छ ।’
चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले लामो संघर्ष र बलिदानपछि समावेशी र लोकतन्त्रसहितको संविधान बनेको उल्लेख गर्दै निर्वाचनपछि विकासले फड्को मार्ने बताउनुभयो ।
कम्युनिष्टको बलियो केन्द्र बनाउने उद्देश्यसहित ७७ वटै जिल्लामा साझा उम्मेदवार खडा गरेको उल्लेख गर्दै उहाँले सबैका निम्ति यो खुसीको कुरा भएको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो –’देशमा स्थिरता होस् र समृद्धि होस् भन्ने चाहना राख्ने काँग्रेसलगायत अरु पार्टी सबैले कम्युनिष्ट एकतालाई सकारात्मक रुपमा हेरेको छ ।’
यसअघि आफू पढेको चितवनको शिवनगर स्थित नारायणी विद्यामन्दिर उच्च माविमा आज अपराह्न भएको एक अन्तरक्रियामा उहाँले स्कुलका सहपाठी गुरुहरुसँग भेट हुँदा पुरानै सम्झना आएको बताउँदै यही स्कुलको शिक्षाले अहिले आफू यहाँसम्म आइपुगेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
आजै भरतपुर–२१ पर्वतीपुरमा जेष्ठ नागरिकसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले ज्येष्ठ नागरिकको आशिर्वादले आफूले चुनाव जितेको जस्तै महसुस भएको उल्लेख गर्नुभयो ।
सो क्रममा जेष्ठ नागरिकहरुले उहाँलाई विभिन्न माग प्रस्तुत गरेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त