काठमाडौँ, १४ मंसिर – सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ ।
पार्टीका प्रवक्ता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा आज साँझ बसेको मन्त्रिपरिषद् वैठकले गरेको उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
विगतमा उक्त दिनमा बिदाको प्रचलन रहेपनि मुलुकमा सम्पन्न भएको दोस्रो जनआन्दोलनपछिको सरकारले सो बिदा कटौती गरेको थियो ।
सो पार्टीले स्थापनाकालदेखि नै पुस २७ गते सार्वजनिक बिदाको माग गरी एकता दिवस मनाउन सुझाव दिँदै आएको थियो ।
भोलि सार्वजनिक बिदा
यसैबीच, सरकारले इस्लाम धर्मावलम्बीका प्रवर्धक हजरत महम्मदको जन्मदिनको अवसरमा भोलि मंसिर १५ गते शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त