
काठमाडौं, १३ मंसिर – नेकपा (एमाले) ले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आइरहेका बेला उम्मेदवार केन्द्रित आक्रमण र विस्फोटलगायतका घटना रोक्न सरकारलाई आग्रह गरेको छ ।
एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज विज्ञप्ति जारी गर्दै निर्वाचन नजिक आइरहेका बेला उम्मेदवारमाथि हुने आक्रमणका घटनाको निन्दा र भत्र्सना गर्दै लोकतन्त्र विरोधी र आतंकपूर्ण क्रियाकलाप रोक्न सरकारलाई आग्रह गर्नुभएको हो ।
साथै विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्था कडा पार्दै भयरहित वातावरणमा चुनाव प्रचारप्रसार र मतदान हुन्छ भन्ने अनुभूति जनतामा गराउन सरकारसँग आग्रह गरिएको छ ।
पटक–पटक शान्ति सुरक्षाको प्रत्याभूति गर्न हामीले गरेको आग्रहलाई सरकारले बेवास्ता गरेको भन्दै विज्ञप्तिमा केही दिनयता सुरक्षाकर्मीको ज्यानै जाने र उम्मेदवार आफैँ घाइते बन्नेजस्ता अत्यन्तै दुःखद् घटना घट्न पुगेको बताइएको छ ।
एमालेले सरकारले उम्मेदवारलगायत निर्वाचन सुरक्षा व्यवस्थामा उचित ध्यान दिन नसक्दा यस्ता दुःखद् घटना घटनुका साथै जनतालाई आतंकित पार्ने क्रियाकलाप बढिरहेको जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने