लन्डन । बेलायतमा यतिखेर सांगीतिक कार्यक्रम गर्ने होड चलिरहंदा नेपाली चलचित्र प्रदर्शनको अवस्था भने नाजुक पाइएको छ । फिल्म प्रदर्शनमा दर्शक उपस्थिति न्यून भएर आयोजकले आफ्नै पकेटबाट हल भाडा तिर्नुपरेको गुनासो बढेका छन् ।
मंगलबार बेलायतस्थित एकजना पुराना कलाकार मनिषकुमार श्रेष्ठले सामाजिक सञ्जालमा लेखे, ‘दुई महिना भित्र तीन वटा फिल्म देखाइयो । एउटाले पनि हल भाडासम्म उठाउन सकेन, दुःख लाग्यो ।’
प्रवासमा रहेर पनि कलाकारितालाई निरन्तर अंगालिरहेका अभिनेता तथा निर्माता मनिषले दुई महिना अवधिमा चलचित्र ‘दर्पण छायां-२’, ‘किङ’ र ‘दुई रुपैयां’ प्रदर्शन गरेका थिए । तर, बिडम्बना ति फिल्म हेर्न हलसम्म दर्शक नआइदिएर निर्माताले हल भाडा समेत आफ्नै पकेटबाट बेहोरे ।
उलवीचस्थित ट्राम्समेड थिएटरको सिट क्षमता करिब दुई सय छ । तर, सस्तो टिकट शुल्क राखेर समुदायका धेरै नेपालीलाई एक एक गरि निमन्त्रणा गरेपनि फिल्म हेर्न मुश्किलले करिब २० जना दर्शकमात्र आएको तीतो अनुभव श्रेष्ठको छ । लन्डनको साउथ इष्ट क्षेत्रमा नेपालीको उल्लेख्य बसोवास छ । ‘नेपाली चलचित्र प्राथमिकतामा नै परेनन् । सायद फिल्मवीथ फ्रि मिल डिल राखिदिएको भए मान्छे आउंथे कि’, श्रेष्ठले व्यंग्यात्मक शैलीमा भने ।
त्यसो त नायिका प्रियंका कार्की आफैं सहभागी हाइ बजेट भनिएको फिल्म ‘हयाप्पी डेज’को हालै अल्डरसटमा गरिएको रेट कार्पेट प्रिमियर शोमा समेत दर्शक औंलाले गन्न सकिन्थ्यो । भिआइपी पास बांडेर पनि हल भर्न मुश्किल भएपछि निर्माता निराश देखिन्थे । त्यस्तै केही समय अघि नायक ध्रुव दत्तले ‘तीन घुम्ती’ को लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा गरेको प्रदर्शनमा दर्शक दर्जन पनि थिएनन् ।
यी केही उदाहरणले नेपाली फिल्म प्रदर्शन बेलायतमा घाटाको व्यापार हो भन्ने प्रमाणित गरिदिएको छ । विश्व बजारमा प्रतिस्पर्धात्मक रुपमा नेपाली फिल्म उत्रन खोजिरहेको बताइएपनि हालैका असफल प्रदर्शनले चलचित्र विकास र नेपाली दर्शकको मनस्थिति परिवर्तन हुन अझै केही वर्ष लाग्ने देखिन्छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा