
उदयपुरको उदयपुरगढी गाउँपालिका ६ को दनुवारवेसीमा अज्ञात समूहले बुधबार बम विष्फोट गराउँदा भएका घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पतालमा ल्याईँदै । तस्बिर – नवीन पौडेल, रासस
गाईघाट, उदयपुर, १३ मंसिर (रासस) – उम्मेदवारलाई लक्ष्य गरेर राखिएको एम्बुस विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली काँग्रेसबाट उदयपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की र स्ववियु सभापति मीरा कटुवाललाई उपचारका लागि अहिले हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल, काठमाडौं लगिएको छ ।
उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेंसीमा आज बिहान ८ बजे बम विस्फोट भएको थियो । प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार बा१५च ७८०६ नंको बलेरो जीपमा सवार कार्कीसहित सात जना नेपालटारबाट कटारीतर्फ जाँदै गर्दा अज्ञात समूहले राखेको एम्बुसमा परेका थिए ।
उम्मेदवार कार्कीसँगै घाइते हुनेमा उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति कटुवाल, गाडीचालक कटारीका ३५ वर्षीय राजन कार्की, धामाया कार्की र प्रहरी जवान कालीदास श्रेष्ठ छन् । गाडीमा सवार सातमध्ये तीन जनाको अवस्था गम्भीर भएको र एक जना सकुशल रहेको प्रहरीले बताएको छ । उम्मेदवार कार्कीको टाउको र खुट्टामा चोट लागेको छ । घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर अपराधीको जंगल क्षेत्रमा खोजी गरिएको प्रहरीले बताएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]