चितवन, ११ मंसिर – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
चितवनको माडी नगरपालिका–४ घोसरीमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा विकासको मूल फुटाउने बताउँदै विकासका लागि कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो ।
वाम गठबन्धनबाट चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष प्रचण्डले आफू पहिलोपटक चितवनबाट उम्मेदवार बनेको भन्दै चितवनको नमूना विकास गर्दै त्यसै अनुसार देशको विकास र आर्थिक समृद्धिका लागि आफ्नो सम्पूर्ण जीवन बिताउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चितवनको माडीमा धेरै किसिमका समस्या छन्, चितवन प्रचुर सम्भावना बोकेको जिल्ला हो, तैपनि यहाँको विकास अत्यन्त कमजोर छ, आफूले जितेपछि यहाँको विकासमा कुनै कसर बाँकी राख्ने छैन ।’
अध्यक्ष दाहालले रेवा खोला लगायतका धेरै ठाडा खोलाले जनतालाई धेरै समस्या पारेको बताउँदै तटबन्ध र रिङरोड बनाएर माडी क्षेत्रका जनतालाई सुरक्षित बनाउन आफूले सक्दो पहल गर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘माडीको एकीकृत विकास गर्ने परिकल्पना गरेको छु यहाँको विकासमा स्थानीय र प्रदेश सरकारले मात्रै सम्भव छैन, त्यसैले मैले वाम गठबन्धनसँग पनि यो कुरा गरिसकेको छु ।’
माडीवासीलाई हात्ती, बँदेल, भालु लगायतका जंगली जनवारले दुःख दिने गरेकोमा आफू जानकार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसका लागि चुरेलाई घेर्ने गरी रिङरोड बनाउने प्रतिबद्धतासमेत गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने