चितवन, ११ मंसिर – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
चितवनको माडी नगरपालिका–४ घोसरीमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा विकासको मूल फुटाउने बताउँदै विकासका लागि कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो ।
वाम गठबन्धनबाट चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष प्रचण्डले आफू पहिलोपटक चितवनबाट उम्मेदवार बनेको भन्दै चितवनको नमूना विकास गर्दै त्यसै अनुसार देशको विकास र आर्थिक समृद्धिका लागि आफ्नो सम्पूर्ण जीवन बिताउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चितवनको माडीमा धेरै किसिमका समस्या छन्, चितवन प्रचुर सम्भावना बोकेको जिल्ला हो, तैपनि यहाँको विकास अत्यन्त कमजोर छ, आफूले जितेपछि यहाँको विकासमा कुनै कसर बाँकी राख्ने छैन ।’
अध्यक्ष दाहालले रेवा खोला लगायतका धेरै ठाडा खोलाले जनतालाई धेरै समस्या पारेको बताउँदै तटबन्ध र रिङरोड बनाएर माडी क्षेत्रका जनतालाई सुरक्षित बनाउन आफूले सक्दो पहल गर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘माडीको एकीकृत विकास गर्ने परिकल्पना गरेको छु यहाँको विकासमा स्थानीय र प्रदेश सरकारले मात्रै सम्भव छैन, त्यसैले मैले वाम गठबन्धनसँग पनि यो कुरा गरिसकेको छु ।’
माडीवासीलाई हात्ती, बँदेल, भालु लगायतका जंगली जनवारले दुःख दिने गरेकोमा आफू जानकार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसका लागि चुरेलाई घेर्ने गरी रिङरोड बनाउने प्रतिबद्धतासमेत गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त