काठमाडौँ, मंसिर ११ – नेपाल नागरिक उडड्यन प्राधिकरणले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विमानस्थलको निर्माणमा प्राथमिकता दिएको छ ।
चालू आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट, नीति र कार्यक्रमबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक संजीव गौतमले निर्माणाधीन गौतमवुद्ध विमानस्थल, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र बाराको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक बजेट निर्धारण गरिएको बताउनुभयो । यी विमानस्थल पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन् ।
यस्तै प्रधिकरणले धनगढी, विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्जका विमानस्थललाई स्तरोन्नति गर्ने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न हेलिप्याड निर्माणकार्य आरम्भ गरिने जनाएको छ ।
चालू वर्षका लागि कुल रु ४३ अर्ब ६६ करोड ५७ लाख आम्दानी र रु ४३ अर्ब ५९ करोड ६९ लाख खर्च गर्ने अनुमान गरेको प्रधिकरणले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त