
प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवा पाल्पाको रामपुरमा शनिबार आयोजित नेपाली कांग्रेसको बृहत चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै । तस्बिर – शुसिला रेग्मी,रामपुर (पाल्पा) रासस
पाल्पा, ९ मंसिर – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट नेपाली काँग्रेस देशको पहिलो पार्टी हुने बताउनुभएका छ ।
रैनादेवी गाँउपालिका–५ कटौजेपानीमा काँग्रेसको आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले २००७ सालको राजनीतिक परिवर्तनदेखि मुलुकमा जनताद्वारा निर्वाचित जनप्रतिनिधिबाट संघीय लोकतान्त्रिक संविधानको निमार्णजस्ता कार्यको नेतृत्व काँग्रेसले गरेको बताउँदै अबका दिनमा संविधान कार्यान्वयनका लागि र नेपाली जनतालाई समृद्ध बनाउन काँग्रेसको नेतृत्वविना सम्भव नभएको जिकिर गर्नुभयो ।
कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाल्पामा प्राविधिक विश्वविद्यालयको स्थापना र बुटवल पाल्पाको सडकको स्तरोन्नति तथा समग्र जिल्लाको विकासका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो । काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार हरिप्रसाद नेपाल, काँग्रेसका जिल्ला सभापति तथा समानुपातिक उम्मेदवार वीरबहादुर रानालगायतले शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त