
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार मुसिकोटको खलङगामा नेपाली काँग्रेस रुकुम पश्चिमले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै । तस्बिर – लोकेन्द्र खनाल, रुकुम, रासस
रोल्पा, ७ मंसिर – प्रधानमन्त्री शेरवहादुर देउवाले चुनाव सरेको सपना नदेख्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस रोल्पाले आज रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सरकार कुनै पनि मूल्यमा निर्वाचन गराएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले निर्वाचन हुन लागेको छ, तर पूर्वप्रधानमन्त्री ओली भने चुनाव सरेको सपना देख्नमै व्यस्त रहेको छ भन्दै यस्तो सपना नदेख्न उहाँलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ओलीजीले मंसिर २१ गते सम्म निर्वाचन सरेको सपना देखिरहनुहुन्छ ।’
कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन देशमा लोकतन्त्रको संस्थागत गर्ने कि कम्युनिष्ट अधिनायकवाद लागु गर्ने भन्ने विषयको जनमत संग्रह जस्तै भएको उल्लेख गर्दै देशमा भएका सवै खालका परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको हुँदा आसन्न निर्वाचनमा समेत कांग्रेसलाई बहुमत दिएर लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दिन सबै मतदातामा आग्रह गर्नुभयो ।
दश वर्ष लामो हिंसात्मक द्वन्द्वमा रोल्पाले धेरै क्षति व्यहोरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अब कसैबाट पनि नडाएर ढुक्कसँग मतदान गर्नुस्, द्वन्द्वले रोल्पालाई धेरै पछाडि पारेको छ, हामी रोल्पालाई अब नमुना जिल्ला बनाउंछौं ।’
कार्यक्रममा नेपाल परिवार दल रोल्पाका अध्यक्ष वसन्त शर्मा, उपाध्यक्ष खिमवहादुर कुवँरलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री देउवाले अविर तथा फूलमाला लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण