
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार मुसिकोटको खलङगामा नेपाली काँग्रेस रुकुम पश्चिमले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै । तस्बिर – लोकेन्द्र खनाल, रुकुम, रासस
रोल्पा, ७ मंसिर – प्रधानमन्त्री शेरवहादुर देउवाले चुनाव सरेको सपना नदेख्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस रोल्पाले आज रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सरकार कुनै पनि मूल्यमा निर्वाचन गराएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले निर्वाचन हुन लागेको छ, तर पूर्वप्रधानमन्त्री ओली भने चुनाव सरेको सपना देख्नमै व्यस्त रहेको छ भन्दै यस्तो सपना नदेख्न उहाँलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ओलीजीले मंसिर २१ गते सम्म निर्वाचन सरेको सपना देखिरहनुहुन्छ ।’
कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन देशमा लोकतन्त्रको संस्थागत गर्ने कि कम्युनिष्ट अधिनायकवाद लागु गर्ने भन्ने विषयको जनमत संग्रह जस्तै भएको उल्लेख गर्दै देशमा भएका सवै खालका परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको हुँदा आसन्न निर्वाचनमा समेत कांग्रेसलाई बहुमत दिएर लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दिन सबै मतदातामा आग्रह गर्नुभयो ।
दश वर्ष लामो हिंसात्मक द्वन्द्वमा रोल्पाले धेरै क्षति व्यहोरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अब कसैबाट पनि नडाएर ढुक्कसँग मतदान गर्नुस्, द्वन्द्वले रोल्पालाई धेरै पछाडि पारेको छ, हामी रोल्पालाई अब नमुना जिल्ला बनाउंछौं ।’
कार्यक्रममा नेपाल परिवार दल रोल्पाका अध्यक्ष वसन्त शर्मा, उपाध्यक्ष खिमवहादुर कुवँरलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री देउवाले अविर तथा फूलमाला लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन