
नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली तुलसीपुर दाङमा वामगठबन्धनले आयोजना गरेको जनसभा कार्यक्रममा सहभागी हुदै । तस्वीर- नारायणी रजौरे, रासस, दाङ
दाङ, ६ मंसिर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि भएको भन्दै विकासको लागि जिम्मा लिन आफू ‘जमानी’ बस्न तयार भएको बताउनुभएको छ ।
संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिले आज घोराहीमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यो आवश्यकता पुरा गर्न माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको हो, चुनावपछि वाम गठबन्धनको सरकार बन्छ ।’
उहाँले मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्ने बताउँदै अब मुलुकमा जनता भोकै बस्नु नपर्ने ठोकुवा गर्नुभयो ।
कांग्रेसको नेतृत्वबाट मुलुकले निकास पाउन नसकेपछि कम्युनिष्ट शक्ति एक भएर मुलुकको विकास अगाडि बढाउन कम्युनिष्ट सरकार गठन हुने दाबी उहाँको थियो ।
उहाँले आफ्ना विचार जनताका माझ राख्न जनसभा गरेका बेला विप्लव माओवादीले गरेको बन्दलाई के गर्न खोजेको भनेर प्रतिप्रश्न समेत गर्नुभयो ।
एमालेको विकास नीति देखेर काँग्रेस आत्तियो- ओली
जितपुर, कपिलवस्तु, ६ मंसिर (रासस) – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको विकास नीति देखेर नेपाली काँग्रेस आत्तिएको बताउनुभएको छ ।
कपिलवस्तु क्षेत्र नं ४ को जितपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आधुनिक स्मार्ट सिटीको निर्माण, गरिब जनतालाई आवास, पूर्वपश्चिम रेल चलाउने काम गर्न बजेट छुट्ट्याएर काम गर्न नपाउँदै काँग्रेसले अत्तालिएर सरकार ढालेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वको सरकारले चीन तिर जाने बाटो खोल्यो, अब नेपालका सामग्री चीन जान सक्ने भए, कसैले नाकाबन्दी लगाउन नसक्ने भए नेपालीको चुलो अब कसैले बल्न नदिने अवस्था रहेन त्यसैले आत्तिएर सरकार ढालियो ।’

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता