लण्डन । इंग्ल्याण्डको पूर्वी क्षेत्र एसेक्समा गोरखा समुदायलाई लक्षित गरी लगातार डकैतीका घटना हुन थालेपछि स्थानीय सांसद र प्रहरीले चासो देखाएका छन् । बितेका पाँच महिनामा गोरखाहरुमाथि छ वटा यस्ता घटना भएपछि सो क्षेत्रकी सांसद केमी बाडेनोचलाई गोरखाहरुले भेटी आफ्ना समस्या अवगत गराएका छन् ।
सो क्षेत्रकी सांसद बाडेनोचले एसेक्स प्रहरीका उच्च अधिकृतहरुलाई भेटेर यस बारेमा ध्यानाकर्षण गराएको स्थानीय पत्रिकाले जनाएको छ । उनको सो कदमपछि प्रहरीले गोरखा समुदायलाई भेटी उनीहरुको सुरक्षाका बारेमा आस्वस्त पारेका छन् भने सो क्षेत्रमा गस्ती पनि बढाएका छन् ।
तीन साताअघि तीनजना चोरहरु बलजफ्ती एउटा फ्लाटमा पसी त्यहाँ रहेकी एक महिला र उनकी कलिली छोरीमाथि दुब्र्यबहार गरेका थिए । उनीहरुले चक्कु देखाउँदै सो घरबाट पासपोर्टहरु, नगद र गहनाहरु चोरेका थिए । आमा चाहिँ जसोतसो चोरहरुबाट फुत्केर चिच्याएपछि छिमेकीहरुले ‘अलार्म’ बजाउँदा चोरहरु भागेका थिए।
सबै घटनाहरुमा गरी करिब १० हजार पाउण्डभन्दा बढीको सामान र ठूलो मात्रामा नेपाली रुपियाँ चोरिएको बताइएको छ ।
चोरीका घटना एसेक्समा एसियन समुदायलाई लक्षित गरी भइरहेका चोरीका घटनासित सम्बन्धित रहेको जनाइएको छ ।
सासद बाडेनोचले चोरीका घटनाहरु हिँसात्मक हुँदै गएकाले परिवारको सुरक्षा स्वत चिन्ताको विषय भएको बताएकी छिन् ।
‘जो यस घटनामा पीडित छन् उनीहरुमध्ये अधिकांश महारानी र यस देशको लागि लडेका छन् उनीमाथि यस्तो हुँदा मलाई अफसोच छ’, उनले भनेकी छिन् ।
‘उनीहरुको ख्याल राख्नु हाम्रो कर्तब्य हो र म स्थानीय प्रहरीसित मिलेर उनीहरुलाई साफ्रोन बाल्डेन क्षेत्रमा सुरक्षित राख्न काम गर्नेछु’ उनले भनिन् । साँसद, स्थानीय प्रहरी र स्थानीय गोरखाहरुबीच आउने साताहरुमा बैठक बसी सुरक्षा प्रगतिको समीक्षा गर्ने र घटनाहरुको अनुसन्धानका बारेमा जानकारी गराउने बताइएको छ ।
गस्तीका अलाबा गुप्तचार प्रहरीको विशेष टोलीले एसियन समुदायको घरमा भएका सुन चोरीमा भएको साँघातिक पक्षका बारेमा अनुसन्धान गरिरहेको बताइएको छ ।
एसेक्स प्रहरीका प्रमुख सुपरिडेण्टेड एवेन विल्सनले गोरखा समुदायमाथि लक्षित गरी डकैती गरिएकोमा आक्रोश व्यक्त गरे ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा