रत्ननगर, चितवन, ५ मंसिर – चितवनको सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित गरी पर्यटनमैत्री बनाउन व्यवसायीले आचारसंहिता जारी गरेका छन् ।
ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर व्यवसायीले १६ बुँदे आचारसंहिता जारी गरेका हुन् ।
क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान, प्रहरी, नेचर गाईड एशोसिएशन, बाघमारा वन, हात्ती सहकारी र साना पर्यटन व्यवसायी समूहको संयुक्त भेलाले सो निर्णय गरेको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।
संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा कुनै मेला महोत्सवबाहेक जाडो समयमा राति ११ बजेसम्म र गर्मी समयमा १२ बजेसम्म होटल रेष्टुराँ सञ्चालन गर्ने उल्लेख छ ।
पर्यटकलाई बीच बाटोमा रोकेर हात्ती, जिप सफारी तथा होटलको कोठा बेच्न नपाउने, पर्यटन क्षेत्रका बाटोघाटोमा गाडी रोक्न नपाउने, पोशाकमा आएका विद्यार्थीका लागि जिम्मेवार अभिभावक नभएसम्म कोठामा बस्न नदिने, स्वीमिङ पुलमा अनिवार्यरुपमा लाइफ ज्याकेट राख्ने, अनुमति बिना ड्रोनको प्रयोग गर्न नदिने गरी आचारसंहिता बनाइएको छ ।
आगामी पुस १ गतेदेखि भने सौराहालाई हर्न निषेध क्षेत्र घोषणा गरिने तयारीसमेत गरिएको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो । चितवनको सौराहामा ११० सुविधायुक्त होटल छन् भने झण्डै ६० वटा रेष्टुराँ रहेका छन् । यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा