
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा चारवटै सुरक्षा निकायसँग प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाबारे छलफल गर्नुहुँदै । तस्बिर- रोशन सापकोटा, रासस
प्रधानमन्त्री देउवाले चारवटै सुरक्षा निकायका प्रमुखसंग आज प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी निर्वाचनको सुरक्षा चुनौती सम्बोद्धन हुने गरी तत्काल सुरक्षा रणनीति तय गर्न निर्देशन दिनुभएको हो ।
‘निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउनुहोस्’, गृहमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो – ‘सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध छ ।’
उहाँले संविधान र कानुनको परिधिभित्र रहेर निर्वाचन सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा निकायलाई सचेत गराउनुभयो ।
सो अवसरमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको सुरक्षा योजनावारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभयो ।
सो अवसरमा मुख्य सचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीको उपस्थित थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा