काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको छ। आइतबार बिहान ५ बजेतिर अचेत अवस्थामा अस्पताल लगिएका प्रकाशको निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।
माओवादी केन्द्रका एक उच्च नेताले प्रकाशको निधन बिहानै भइसकेको जानकारी गराएको सेतोपाटीले जनाएको छ। ‘प्रकाशको निधन बिहानै भइसकेको हो। हामी अध्यक्षज्यूलाई कुरिरहेका छौ’, ती नेताले भने।
प्रकाश पूर्वप्रधानमन्त्री दाहालका एक मात्र छोरा हुन्। उनी दाहालको सचिवालयमा काम गर्दै आएका थिए । उनका दुई श्रीमती र दुई छोरा छन्।
प्रकाशको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि वाम गठबन्धनको चुनावी सभाका लागि झापा पुगेका प्रचण्ड काठमाडौँ फर्किएका छन्।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो