काठमाडौँ, २ मंसिर (रासस) – सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ ।
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो ।
उहाँले चाँडै नै सातवटै प्रदेशका प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुंगो लगाउने बताउनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ ।
प्रदेशसभामा निर्वाचित भएकालाई सपथ खुवाउने मुख्यमन्त्री नियुक्त गर्ने जस्ता कार्य प्रदेश प्रमुखले गर्ने व्यवस्था भएपछि सरकार निर्वाचन अघि नै राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने तयारीमा रहेको छ ।
नेपालको संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था रहेको छ । प्रदेश प्रमुख राजनीतिक नियुक्त गर्ने व्यवस्था कानूनमा राखिएको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा