
दार्चुलाको खलंगामा शुक्रबार आयोजित चुनावी सभामा सहभागी हुने क्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर – रोशन सापकोटा, रासस
दार्चुला, १ मंसिर (रासस) – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको विचार व्यक्त गर्नुभएको छ ।
काँग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा आज आयोजित चुनावी आमसभामा काँग्रेस सभापति देउवाले लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेको तर कम्युनिष्टको एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा बढेको बताउनुभयो । ‘कम्युनिष्टले घुमाइफिराइ एकता गरेर जनतालाई धम्काउने, डराउने र त्रासमा राख्ने कोशिश गरिरहेका छन्’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।
विसं २००७ मा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको काँग्रेसले नेपाली जनतालाई यो देशको मालिक बनाएको बताउँदै उहाँले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नेपालको प्रजातान्त्रिक भविष्यका निम्ति अति महत्वपूर्ण खुट्किला भएको स्पष्ट गर्नुभयो ।
दार्चुलाको विकासका लागि काँग्रेस सदैव तयार छ भन्दै सभापति देउवाले चुनावलगत्तै व्यास, अपि हिमाल, मार्मा र लेकम गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखेर स्थानीय तहलाई सहुलियत दिइने आश्वासन दिनुभयो ।
प्रधानमन्त्रीले कञ्चनपुरको ब्रहमदेवदेखि दार्चुलाको तिंकरसम्म जोड्ने २९० किमीको महाकाली करिडोरलाई दुई वर्षभित्र पूरा गरिने र भारतसँग सिमानाका जोडिएको जिल्ला सदरमुकाम र जौलजीवीमा पक्की पुल बनाइने प्रतिबद्धता जनाउनुभयो ।
सोही सभामा काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले जिल्लाका नौ स्थानीय तहमध्ये पाँच तहमा पार्टीले जित हासिल गरेकाले जिल्लामा काँग्रेसको जित सुनिश्चित भइसकेको जिकिर गर्नुभयो । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विक्रमसिंह धामीले जिल्लाको समग्र विकास काँग्रेस जित्दा मात्रै हुने बताउनुभयो ।
यस्तै प्रदेशसभा क्षेत्र नं कमा सदस्यका उम्मेदवार मदन गिरीले महाकाली करिडोर पूरा गर्ने आफ्नो मुख्य प्रतिबद्धता रहेको बताउनुभयो । प्रदेशसभा समानुपातिक उम्मेदवार नन्दा बमले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई जिताउन आह्वान गर्नुभयो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा