
काठमाडौँ, २९ कात्तिक – अमेरिकी विश्वविद्यालयहरुमा भर्ना हुनेमा नेपाली विद्यार्थीको संख्या क्रमशः बढेको देखिएको छ ।
सन् २०१७ को ओपन डोर्स प्रतिवेदनका अनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयहरुमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ ।
इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोद्वारा वार्षिक रूपमा प्रकाशित हुने सो प्रतिवेदनले संयुक्त राज्य अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीसँग सम्बन्धित प्रवृत्तिको अनुगमन गर्ने गर्छ ।
अमेरिकी उच्च शिक्षा संस्थामा नेपाली विद्यार्थीको भर्ना दर २० प्रतिशतले वृद्धि भई कुल संख्या ११ हजार ६०७ पुगेको छ । स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने शीर्ष २५ मुलुकमध्ये नेपाल १२ औँ स्थानमा छ । स्नातक तहमा अध्ययनरतमध्ये ४२.२ प्रतिशत नेपाली विद्यार्थी छन् जुन २५ देशमध्येकै सबैभन्दा उच्च वृद्धि हो । अमेरिकामा हाल १० लाख ८० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् ।
हरेक वर्ष शैक्षिक तथा व्यावसायिक विकासका लागि उपलब्ध अवसरको लाभ लिन हजारौँ नेपाली विद्यार्थी अमेरिका जाने गरेको नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत माइकल गोन्जालेसले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?