काठमाडौँ, २७ कात्तिक (रासस) – सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनकाअनुसार उपत्यकामा सञ्चालन गर्ने दुई मार्गमध्ये एउटा रेल विभागले र अर्को लगानी बोर्डले सञ्चालन गर्ने भन्ने उल्लेख थियो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको लगानी बोर्डको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापालगायत सहभागीहरु । तस्बिर – रोशन सापकोटा, रासस
लगानी बोर्डले अगाडि बढाउने मार्गको डिपिआर अगाडि बढाउन बोर्डको बैठकले निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थाका लागि एक वर्ष र अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि छ महिना म्याद थप गर्ने निर्णय गरेको उहाँले उल्लेख गर्नुभयो ।
बैठकमा उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिति थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?