
प्रधानन्यायाधिस गोपाल पराजुली आज तुलसीपुर दाङको उच्च अदालतको निरिक्षण गर्नुहुँदै । तस्वीर – नारायणी रजौरे, रासस, दाङ
तुलसीपुर (दाङ), २५ कात्तिक – प्रधानन्यायाधीश गोपाल पराजुलीले पछिल्लो समयमा न्यायालयले फड्को मारेको बताउनुभएको छ ।
आज दाङ देउखुरीस्थित जिल्ला अदालतको भवन शिलान्यासपछि आयोजित कार्यक्रममा उहाँले न्यायालयले प्रविधिको प्रयोग गर्दै छिटो न्याय दिन थालेको बताउनुभयो ।
उहाँले विधिको शासनलाई पालना गरे मात्र विकास सम्भव हुने बताउनुभयो ।
स्वतन्त्र न्यायपालिका अहिलेको आवश्यकता भएको बताउँदै प्रधानन्यायाधीश पराजुलीले नागरिकको न्यायमा पहुंच बढे मात्र स्वतन्त्र न्यायपालिका बलियोसँग उभिन सक्ने उहाँको धारणा थियो ।
न्यायालयले छिटो छरितो काम गरेको देखेर कतिपयलाई मन नपरेको बताउँदै उहाँले भन्नुभयो, ‘यहाँ काम गरेको देखेर हिलो छयाप्नेहरू समेत रहेका छन् ।’
जनतालाई सहज न्याय पाउन सक्नेगरी अगाडि बढेको बताउँदै छिटो न्याय प्रदान गर्ने प्रविधिसँगै भौतिक संरचना समेत निर्माण सुरु गरेको उहाँले बताउनुभयो ।
न्याय परिषद्का सदस्य पदम वैदिकले भौतिक संरचनाले पनि काममा प्रभाव पार्ने बताउँदै संरचना निर्माणसँगै काम गर्न समेत सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदीले जनताले सहज न्याय पाएको अनुभूति पाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भवन निर्माण समयमै सम्पन्न गर्नका लागि योजना निर्माण गरेर अगाडि बढ्नसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, वरिष्ठ अधिवक्ता भानुभक्त धिताललगायतले अफ्नो धारणा राख्नुभएको थियो ।
रु १८ करोड ८६ लाख २४ हजार ६५५ को लागतमा निर्माण हुन लागेको सो भवन ६ तलाको रहनेछ । भवन निर्माणको ठेक्का एमकेडी आइडब्लुए जेभीले पाएको छ । भवन २०७६ असोज २२ गतेसम्ममा निर्माण सम्पन्न हुने गरी सम्झौता गरिएको छ ।
यसैबीच, प्रधानन्यायाधीश पराजुलीले आज उच्च अदालत तुलसीपुरको निरीक्षण गर्दै अदालतको काम र प्रगतिको बारेमा जानकारी लिनुभएको छ ।
सो अवसरमा उहाँले अदालतले दिने सेवालाई प्रभावकारी गराएर नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला