
प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार नेपालका लागि युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण टोलीले शिष्टचार भेट गर्दै । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, २० कात्तिक (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि युरोपेली संघको मिसनका प्रमुख पर्यवेक्षक जेल्जन जोब्कोले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको बारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराइले जानकारी दिनुभयो ।
सो अवसरमा प्रमुख पर्यवेक्षक जोब्कोले निर्वाचनको तयारी र निर्वाचनमा सबै राजनीतिक दलको सहभागिताका लागि प्रधानमन्त्री देउवाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
उहाँले निर्वाचनमा आफूहरुले प्रभावकारी रुपमा पर्यवेक्षण गर्ने र निर्वाचनमा देखेको कुरा सुझावका रुपमा सरकारलाई बुझाउने जानकारी गराउनुभएको परराष्ट्र सल्लाहकार डा भट्टराईले बताउनुभयो ।
भेटमा प्रधानमन्त्री देउवाले आफूहरु सबै दलको सहमतिमा मुलुकमा लोकतान्त्रिक प्रक्रिया संस्थागत गर्न लागेको भन्दै निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न हुने बताउनुभएको थियो ।
आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि म्यानमाका राजदूत ल्विन ओले बिदाइ भेट गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरुबीच दुई मुलुकको आपसी सम्बन्ध र हितका बारेमा कुरा भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले राजदूत ओलाई सफल कार्यकालका लागि बधाई दिनुभएको थियो । राजदूत ल्विन ओ नेपालका लागि राजदूतका कार्यकाल समाप्त गरी स्वदेश फर्कदै हुनुहुन्छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने