
मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खोटाङको दिक्तेलमा संयुक्तरुपमा चुनाव प्रचारप्रसार गर्दै वाम गठबन्धनका नेता तथा कार्यकर्ता । तस्बिर – केदार मगर, खोटाङ, रासस
काठमाडौँ, १७ कात्तिक (रासस) – पार्टी एकताको लक्ष्यसहित बृहत् चुनावी गठबन्धन गरेका नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले काठमाडौँ उपत्यकामा संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने भएका छन् ।
शनिबारदेखि नै संयुक्त रुपमा त्यस्तो चुनावी अभियान सञ्चालन गर्न लागिएको गठबन्धनले जनाएको छ । संयुक्त चुनावी अभियान चलाउने विषयमा नेकपा(एमाले) का महासचिव ईश्वर पोखरेलले आज निर्वाचन क्षेत्र नं ५ मा आयोजना गरिएको चुनाव प्रचार अभियानमा समेत सो कुराको खुलासा गर्नुभएको छ । महासचिव पोखरेलले निर्वाचनमा प्रगतिशील र जनपक्षीय उम्मेदवारलाई निर्वाचित गराउन एकीकृत अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा दुवै पार्टीका शीर्ष नेतालाई सहभागी गराएर निर्वाचन अभियान सञ्चालन गरिने गठबन्धनले जनाएको छ । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले एकीकृत तथा विकेन्द्रित रुपमा निर्वाचन अभियान सञ्चालन गर्न तयारी भइरहेको बताउनुभयो । वाम गठबन्धनले काठमाडौँ उपत्यकाका १५ मध्ये १० निर्वाचन क्षेत्रमा एमालेले तथा पाँच निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् ।
वाम गठबन्धनले संयुक्त रुपमा निर्वाचन परिचालन समिति गठन गर्ने जनाइएको छ । निर्वाचन अभियानमा विगतमा वामपन्थी नेतृत्वको सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम, मतदाताले किन वामपन्थी गठबन्धलाई मत दिनेलगायत विषय समावेश गर्ने तयारी गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा