काठमाडौँ, १४ कात्तिक (रासस) – उद्योगपति विनोद चौधरीले आफू राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धिको योजनालाई साकार रुप दिन नेपाली काँग्रेस प्रवेश गरेको बताउनुभएको छ ।
उद्योगपति चौधरीले आज एक विज्ञप्ति प्रकाशित गरी काँग्रेससँग विगतदेखि नै आफ्नो निकटता रहेको जानकारी गराउनुभएको हो । ‘आफू किन काँग्रेस प्रवेश गरेँ’ भन्ने शीर्षकमा उद्योगपति चौधरीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सार्वजनिक पत्र लेखेर स्वागत गर्नुभयो । काँग्रेसले सार्वजनिक गरेको उक्त आह्वान तथा पहलबाट आफू झनै उत्साहित भएँ ।’
आफूले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमार्फत् राष्ट्रको प्रतिष्ठा अभिवृद्धि र लगानी प्रवद्र्धनलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै आएको र बल्ड इकोनोमिक फोरमदेखि फोब्र्ससम्मका विश्वविख्यात अन्य फोरमहरुमा पनि नेपाललाई दक्षिण एसियाको नमूना राष्ट्रका रुपमा स्थापित गर्न सम्भव छ भन्ने बारेमा ध्यानकर्षण गराउँदै आएको चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उहाँले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वर्गीय प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईसँग काम गर्ने सौभाग्य मिलेको समेत स्मरण गर्नुभएको छ ।
पूर्व सांसदत्रय काँग्रेस प्रवेश
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट कैलाली क्षेत्र नं २ बाट निर्वाचित पूर्वसांसद मोहनसिंह राठौर र एमालेकै अर्की पूर्वसांसद रविना चौधरी आज औपचारिक रुपमा काँग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सदस्यता दिई स्वागत गर्नुभएको छ ।
झापाको तोपगाछी गाविसका पूर्वएमाले अध्यक्ष पदम गौतमसहित दर्जन एमाले कार्यकर्तासहित सोमबार काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।
आजै नेकपा (माओवादी केन्द्र) का सर्लाहीबाट निर्वाचित पूर्वसांसद शम्भुलाल श्रेष्ठ तथा पूर्वमन्त्री एवं माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य नन्दनकुमार दत्त, डा अबुल अन्सरीलगायत दर्जनौं नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।
त्यस्तै राप्रपाका पूर्वकेन्द्रीय कोषाध्यक्ष, पूर्वसांसद् एवं पोखराका उद्योगपति सूर्यबहादुर केसी र पूर्वमन्त्री कुमार खड्कासहित सयौँ नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको छ ।
यसैगरी संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं ५ का पूर्वसांसद अभिषेक प्रताप साह पनि काँग्रेस प्रवेश गरिसक्नु भएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा