
राजविराजबाट शनिबार काठमाडौँतर्फ गइरहेको रात्रीबस दुर्घटना भई दिवंगत भएकाहरुको आत्माप्रति चिरशान्तिको लागि श्रद्धाञ्जलि तथा मैनबत्ती प्रज्जवलन कार्यक्रम सप्तरीको राजबिराजस्थित गजेन्द्र चौकमा गरिँदै । तस्बिर-अरुणकुमार यादव, सप्तरी, रासस
धादिङ, दार्खा, १२ कात्तिक (रासस) – शनिबार पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–५ घाटबेसीस्थित बाङगेमोडमा भएको बस दुर्घटनाका मृतकमध्ये ३० जनाको शव आफन्तलाई बुझाइएको छ ।
सप्तरीबाट आएका आफन्तले सनाखत गरेपछि शव परीक्षणपश्चात् अन्तिम संस्कारका लागि आफन्तलाई बुझाइएको इलाका प्रहरी कार्र्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा परी मृत्यु भएका अन्दाजी ३०-३२ वर्षका पुरुषको शवको सनाखत हुन सकेको छैन । शवलाइ गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । गजुरी प्रहरीमा तीनजना हराइरहेको भन्दै खोजीका लागि आफन्तले निवदेन दिएका छन् । बेपत्ताको खोजी जारी राखिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । बसका साहु र चालकको अवस्था अझै अज्ञात छ ।
ना६ख १४६७ नंको सन्देश डिलक्सको बस दुर्घटनामा परेको थियो । चालक भागेको आशंका गरे पनि उनी नदीमै बेपत्ता छन् वा दुर्घटनापछि फरार छन भन्ने नखुलेको गजुरी प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले यातायात समिति र साहुलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।
‘मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गरिरहेका छौँ, दुर्घटनापछिको बीमा क्षतिपूर्ति र घाइतेको उपचार गराउन हामी पहल भइरहेको छ,’ उहाँले भन्नुभयो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा