
राजविराजबाट शनिबार काठमाडौँतर्फ गइरहेको रात्रीबस दुर्घटना भई दिवंगत भएकाहरुको आत्माप्रति चिरशान्तिको लागि श्रद्धाञ्जलि तथा मैनबत्ती प्रज्जवलन कार्यक्रम सप्तरीको राजबिराजस्थित गजेन्द्र चौकमा गरिँदै । तस्बिर-अरुणकुमार यादव, सप्तरी, रासस
धादिङ, दार्खा, १२ कात्तिक (रासस) – शनिबार पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–५ घाटबेसीस्थित बाङगेमोडमा भएको बस दुर्घटनाका मृतकमध्ये ३० जनाको शव आफन्तलाई बुझाइएको छ ।
सप्तरीबाट आएका आफन्तले सनाखत गरेपछि शव परीक्षणपश्चात् अन्तिम संस्कारका लागि आफन्तलाई बुझाइएको इलाका प्रहरी कार्र्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा परी मृत्यु भएका अन्दाजी ३०-३२ वर्षका पुरुषको शवको सनाखत हुन सकेको छैन । शवलाइ गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । गजुरी प्रहरीमा तीनजना हराइरहेको भन्दै खोजीका लागि आफन्तले निवदेन दिएका छन् । बेपत्ताको खोजी जारी राखिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । बसका साहु र चालकको अवस्था अझै अज्ञात छ ।
ना६ख १४६७ नंको सन्देश डिलक्सको बस दुर्घटनामा परेको थियो । चालक भागेको आशंका गरे पनि उनी नदीमै बेपत्ता छन् वा दुर्घटनापछि फरार छन भन्ने नखुलेको गजुरी प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले यातायात समिति र साहुलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।
‘मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गरिरहेका छौँ, दुर्घटनापछिको बीमा क्षतिपूर्ति र घाइतेको उपचार गराउन हामी पहल भइरहेको छ,’ उहाँले भन्नुभयो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त