काठमाडौँ, १२ कात्तिक – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सोमबारसम्म प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन् ।
आज बसेको पार्टी एकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले सोमबारसम्म सबै तहको उम्मेदवार निक्र्योल गर्ने निर्णय गरेको हो ।
दुई जिल्लाका केही क्षेत्रमा उम्मेदवारीको विषयलाई टुङ्ग्याउन बाँकी रहेको जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले अरु क्षेत्रमा भने सहमति भएको बताउनुभयो । उहाँले आज प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम टुंगो लगाउने कार्यक्रम रहेकाले प्रत्यक्षतर्फको उम्मेदवारी छनोटलाई अन्तिम रुप दिन नसकिएको बताउनुभयो ।
समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउन आज दुवै पार्टीका शीर्ष नेता व्यस्त रहेका थिए । नियमितजसो छलफल गरेर उम्मेदवारको विषयमा लगभग अन्तिम निष्कर्षमा पुगिएको बताइए पनि कुनै निर्णय भने सार्वजनिक गरिएको छैन । उता उम्मेदवार छनोटको विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक यो समाचार तयार पार्दासम्म जारी रहेको छ ।
एमाले प्रचार विभागका सचिव विष्णु रिजालले सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारको टुंगो लागेको र प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारको विषयमा छलफल जारी रहेको र आजै राति अबेरसम्म टुंगो लाग्ने जानकारी दिनुभयो ।
आज राति १२ बजेसम्म समानुपातिकतर्फका सबै उम्मेदवारको अन्तिम नाम आयोगमा बुझाइसक्नुपर्ने कार्यतालिका छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा