काठमाडौँ । नेपालस्थित प्यासिफिक पब्लिकेशन प्रा.लि. ले आफ्नो छैठौं वार्षिक उत्सवका अवसरमा नेपालस्थित विदेशी राजदूत तथा अन्तर्राष्ट्रिय व्यवसायी एवं समाजसेवीहरुलाई सम्मान गरेको छ ।
प्रमुख अतिथि नेपालका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले एक समारोहबीच नेपालस्थित बंगलादेश, श्रीलंका र म्यानमारका राजदूतहरुलाई कूटनैतिक सेवा सम्मान प्रदान गरे । साथै अन्तर्राष्ट्रिय व्यवसायी एवं समाजसेवी नरेन्द्र कंडेललाई विशेष सम्मान प्रदान गरियो ।
कंडेल काठमाण्डौंस्थित दि ब्रिटिश कलेजका निर्देशक हुन् भने उनको बेलायतमा कलेज, फार्मेसी, रेष्टुरेन्ट, प्रोपर्टी आदिमा लगानी छ ।
सोही समारोहमा आयोजक संस्थाद्वारा प्रकाशित ‘भीष्म पितामह’ र ‘व्यक्तित्व विकास कसरी गर्ने’ नामका दुई पुस्तक समेत लोकार्पण गरिएको थियो ।
समारोहको सभापतित्व स्वतन्त्र पत्रकार एवं संस्थाका सल्लाहकार लोचन कुमार थपलियाले गरेका थिए ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने