![]()
लन्डन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ स्थित सन्तपुरमा निर्माण भइरहेको एकीकृत नमुना वस्ती निर्माणका लागि यूकेमा रहेको नेपाली भाषा तथा सांस्कृतिक केन्द्र एवं बर्न्टओक नेपाली समाज यूकेको संयुक्त प्रयासमा संकलित २ हजार ३९१ पाउण्ड धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ। हालै नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका प्रतिनिधि राजन फुयाँलले कुन्जना घिमिरे (सुन्तली) लाई काठमाडौंमा सो रकमको चेक हस्तान्तरण गरे । सो अवसरमा चलचित्र निर्देशक दिपेन्द्र के खनाल पनि उपस्थित थिए ।
चेक लिंदै श्रीमती घिमिरेले सबै सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद दिएकी छन् ।
नेपाली भाषा तथा सांस्कृतिक केन्द्र यूके एवं बर्न्टओक नेपाली समाज यूकेले यसअघि बाढी तथा भूकम्प पीडितहरुलाई पनि सहयोग गरेका थिए ।
‘देशबाहिर बसेर पनि नेपालमा धुर्मुस सुन्तली फाउण्डेशनले गर्न लागेको रचनात्मक काममा सघाउन पाउंदा हामीलाई खुसी लागेको छ । हाम्रो सहयोग सदुपयोग हुने हामीले विश्वास लिएका छौं’, नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधानले भने । उनले सहयोग रकम नेपाल पठाउन सहयोग गर्ने निर्देशक दिपेन्द्र के खनाललाई पनि धन्यवाद दिए ।
त्यस्तै बर्न्टओक नेपाली समाज यूकेका अध्यक्ष रमेश गुरुङले नेपाली भाषा तथा सांस्कृतिक केन्द्रसंगको सहकार्यमा नेपालमा पुनित उद्देश्यकालागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
यसअघि धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्पप्रभावितहरुका लागि सिन्धुपाल्चोकको गिरानचौर र काभ्रेको पहरी तथा महोत्तरीको बर्दिबासमा मुसहर समुदायका लागि नमुना वस्ती निर्माण गरेको थियो ।
नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले बर्न्टओकको वाटलिङ कम्युनिटी सेन्टरमा हरेक शनिबार दुई घन्टा नेपाली बालबालिकाहरुकालागि नेपाली भाषा कक्षा, योग तथा सांस्कृतिक प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?