
नव नियुक्त मुख्य सचिव लोकदर्शन रेग्मी बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यभार सम्हाल्नुहुँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, ८ कात्तिक (रासस) – नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले संविधान कार्यान्वयन र यसका भावना एवं मर्मअनुरुप निजामती सेवालाई समर्पित गराउन ध्यान दिइने बताउनुभएको छ ।
आजदेखि आफ्नो पदको कार्यभार सम्हाल्दै उहाँले भन्नुभयो, ‘मेरो मुख्य दायित्व र काम सरकारका नीतिनिर्णयलाई कार्यान्वयन गर्न सहजीकरण गर्नु हो, म यही कामका दत्तचित्त रहन्छु, यही नै मेरो प्राथमिकता हो ।’
मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले रेग्मीलाई निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री हुनुहुन्थ्यो । मुख्य सचिवमा नियुक्ति हुनुअघि रेग्मी गृहसचिव हुनुहुन्थ्यो ।
मुख्य सचिवले रेग्मीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सेवालाई अझ चुस्त एवं व्यवस्थित बनाउन र यसका सांगठनिक पुनरवलोकन गर्न अध्ययन समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरी सदर गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार हेर्ने सचिवको संयोजकत्वमा सो समिति गठन गरिएको हो । सो समितिलाई आफ्नो काम शुरु गरेको दुई महिनाभित्र प्रतिवेदन तयार गर्न कार्यादेश दिइएको छ । मुख्यसचिव रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव एवं विभिन्न मन्त्रालयका विशिष्ट श्रेणीका कर्मचारीले स्वागत गर्नुभएको थियो ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न