
बालुवाटारमा बुधबार बसेको संसदीय बोर्डको बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, ८ कात्तिक (रासस) – प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टीका उम्मेदवार तय गर्न छलफल तीव्र बनाएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय संसदीय समिति बैठकमा जिल्लाबाट सिफारिश भइआएका सूचीमध्येबाट उम्मेदवार बनाउने गरी छलफल प्रारम्भ भएको नेता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा चुनावी तालमेल गर्ने दलसँग आवश्यक परामर्श गरी व्यवस्थापन गरिनेबारेमा समेत छलफल भएको जानकारी दिँदै डा महतले भन्नुभयो, ‘चाँडोभन्दा चाँडो उम्मेदवारको टुंगो लाग्छ ।’
आगामी मंसिर १० गते हुने निर्वाचनका लागि यही कात्तिक ५ गते दलहरुले मनोनयन दर्ता गरिसकेका छन् भने मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता गर्ने निर्वाचन तालिका छ । पार्टीले आसन्न निर्वाचनको तयारीका लागि नेता बालकृष्ण खाँडको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरिसकेको छ । निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गरी अन्तिम रुप दिइएको छ ।
पार्टीको संसदीय समिति र पदाधिकारीको मंगलबार बसेको बैठकले नेता महेश आचार्य नेतृत्वको घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्रको खाकामा आवश्यक सुझाव समेटी अन्तिम रुप दिइसकेको छ । घोषणापत्रमा केही सामान्य शब्दावली सुधारपछि सम्भवतः आजै छपाइका लागि पठाइने पार्टी कार्यालयका सचिव प्रेम केसीले बताउनुभयो ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने