
काठमाडौँ, ७ कात्तिक (रासस) – नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड शेफेरले नेपालको सामाजिक एवं आर्थिक उन्नयनका लागि जर्मनीले हरसम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिसमक्ष सोमबार मात्र ओहोदाको प्रमाणपत्र पेश गरी आजदेखि औपचारिक रुपमा कार्यारम्भ गर्नुभएका उहाँले कूटनीतिक मामिलामा कलम चलाउने केही सञ्चारकर्मीसँग आज आफ्नै निवासमा कुरा गर्दै जर्मनी र नेपालबीच सहयोग, सम्बन्ध र सम्पर्क अभिवृद्धि आफ्ना प्राथमिकता हुन् भन्नुभयो ।
नेपालमा जर्मनीको लगानी प्रवर्धन पनि उत्तिकै प्राथमिकताको विषय भएको स्पष्ट गर्दै राजदूत शेफेरले संक्रमणकालको अन्त्यसँगै लगानीको वातावण बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
निष्कर्षोन्मुख शान्तिप्रक्रिया, संविधानसभाबाट जारी संविधान र त्यसको कार्यान्वयनका क्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई उपलब्धिका रुपमा चित्रण गर्दै उहाँले आगामी महिना हुने संघ र प्रदेशको निर्वाचनले लोकतन्त्रको जग सुदृढ तुल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्रको सुदृढीकरणका निम्ति पनि नेपाललाई हाम्रो सहयोग निरन्तर रहनेछ ।’
शान्ति प्रक्रियाबारे विश्वलाई भन्नुपर्छ
नेपालको शान्तिप्रक्रियाको सफलता विश्वका निम्ति उदाहरणीय नमूना भएको बताउँदै उहाँले त्यसबारेमा अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । विश्वका द्वन्द्वग्रस्त मुलुकले शान्तिको मार्गमा अग्रसर हुन नेपालबाट धेरै सिक्न सक्ने उहाँको आशय थियो ।
उहाँले शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न जर्मनीले सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो । युरोपेली संघ र अर्जेन्टिनालगायत मुलुकमा जर्मनीको राजदूतका रुपमा सेवा गरिसक्नुभएका उहाँले चीन र भारतजस्ता विशाल अर्थतन्त्र भएका राष्ट्रका बीचमा अवस्थित नेपालले ती देशबाट आर्थिक समृद्धि हासिल गर्न अथाह लाभ लिन सक्ने बताउनुभयो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा