
गोरखा–२ बाट उम्मेदवारी दिएका माओवादी नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई निर्वाचन आचारसंहिताबारे जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेल । श्रेष्ठ बाम गठबन्धनबाट र भट्टराई काँग्रेस, नयाँ शक्ति र राप्रपाबाट साझा उम्मेदवार हुन । तस्बिर – प्रशन्न पोखरेल, गोरखा, रासस
काठमाडौँ, ६ कात्तिक (रासस) – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम व्यापक जनसहभागितामा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।
आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार पहिलो चरणअन्तर्गत मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८०७ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधि सभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि परेको मनोनयनको जिल्लागत विवरण यस प्रकार छ –
सि.नं. जिल्ला- प्रतिनिधिसभा- प्रदेश सभा १- प्रदेश सभा २
१. ताप्लेजुङ- ९- ७- ८
२. पाँचथर ११- ९- ९
३. संखुवासभा १२- ९- ९
४. भोजपुर ८ -८- ६
५. सोलुखुम्बु ६ -६- ५
६. खोटाङ १०- ६- ५
७. ओखलढुंगा ९- ७- ६
८. दोलखा १६- १२- १२
९. रामेछाप १४- १०- १२
१०. रसुवा ११- ७- ५
११. धादिङ–१, ८- ८- ६
१२. धादिङ–२, १३- १७- ८
१३. नुवाकोट–१, १३- ७- ९
१४. नुवाकोट–२, ११- ८- ९
१५. सिन्धुपाल्चोक–१, १३- ११- ९
१६. सिन्धुपाल्चोक–२, ९- ६ -१०
१७. गोरखा–१, ८- ४- २
१८. गोरखा–२, १०- ८- ५
१९. मनाङ २- २- ३
२०. लमजुङ १२- ७- ९
२१. मुस्ताङ २- २- ४
२२. म्याग्दी ८- ६- ५
२३. बागलुङ–१, ८- ५- ३
२४. बागलुङ–२, ६- ३- ६
२५. रुकुम (पूर्वी भाग) ७- ५- ३
२६. रोल्पा १०- ८- ६
२७. रुकुम (पश्चिम भाग) ७- ५- ३
२८. डोल्पा ५- ४- ४
२९. मुगु ९ – ८ -६
३०. जुम्ला ७- ७- ४
३१. कालीकोट १०- ८- ७
३२. हुम्ला ९- ६- ५
३३. जाजरकोट ७- ७- ७
३४. बाजुरा ३- ५- ५
३५. बझाङ ९- ८- ५
३६. दार्चुला ५- ५- ५
३७. बैतडी ६- ५- २
जम्मा ३२३- २५६- २२८
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]