काठमाण्डौं, ६ कात्तिक, (रासस) – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४१ जना महिलाले उम्मेदवारी दिनुभएको छ । यसमध्ये प्रतिनिधि सभामा १८ र प्रदेश सभाका लागि २३ जना महिला हुनुहुन्छ ।
निर्वाचन आयोगका अनुसार कूल ३२३ ले प्रतिनिधि सभा र ४८४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारको मनोनयन पत्र भएको छ ।
आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार नेपाली काँग्रेसले १०३, नेकपा (एमाले) ले ६२, नेकपा (माओवादी केन्द्र) ले ४९ जना उम्मेदवार उठाएको छ ।
यसैगरी, नयाँ शक्ति पार्टी नेपालले ८१, संघीय समाजवादी फोरम नेपालले ५५, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ४३, जन समाजवादी पार्टी नेपाल २४, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र मंगोलियन नेशनल अर्गनाइजेशनले ३८ जना उम्मेदवारलाई प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएका छन् ।
प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा आठवटा राजनीतिक दलले एक-एक स्थानमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै, मनोनयन दर्ता गराउने स्वतन्त्र उम्मेदवारको सङ्ख्या ११२ छ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदातालाई मताधिकार रहेको छ ।
कात्तिक ५ गते उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवारमाथि उजुरी कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा