
काठमाडौँ, ५ कात्तिक (रासस) – प्रहरीले आज बिहान म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।
गुरुङलाई गोली हानेको अभियोगमा असुन गुरूङ, नवराज लामिछाने, सुरेन्द्र शाही र सविना पाण्डे क्षेत्रीलाई पक्राउ गरेको हो ।
परिसरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख रवीन्द्रकुमार धानुकले सविनालाई जिस्काएको आरोपमा असुनले कल्याणमाथि गोली हानेको जानकारी दिनुभयो । ‘घटनामा असुनले कल्याणलाई गोली हानेको अनुसन्धानमा खुल्न आएको छ’–प्रमुख धानुकले भन्नुभयो ।
उहाँले कल्याण र सविना एउटै डिस्कोमा गएको र सविनालाई कल्याणले पिछा गरेपछि सविनाले असुनलाई बोलाएको र कारमा पिछा गरेर गोली हानेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । असुन मनाङ निवासी हुन् ।
घाइते कल्याणको अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने