काठमाडौँ, ५ कात्तिक (रासस) – प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको सशस्त्र फौजको संयुक्त टोलीका अध्यक्ष जेसेफ एफ डुनफर्डको निमन्त्रणामा वासिङ्टन डिसीमा सोमबारदेखि आयोजना हुने हिंसात्मक अतिवादी संगठनबाट आउनसक्ने चुनौती सामना गर्नेसम्बन्धी सेना प्रमुखको विश्व सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाई गर्नुभएको थियो ।
प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानसेनापति महारथी क्षत्री यही कात्तिक ९ गते स्वदेश फिर्ता हुनु हुनेछ ।
महानिरीक्षक अर्याल स्वदेश फिर्ता
काठमाडौँ, ५ कात्तिक (रासस) – प्रहरी महानिरीक्षक प्रकाश अर्याल संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।
संयुक्त राज्य अमेरिकाको निमन्त्रणामा उहाँ यही असोज २८ गते अमेरिका प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा महानिरीक्षक अर्यालले अमेरिकाका सुरक्षा निकायसँग आगामी दिनमा कसरी हित अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित पक्षसँग छलफल गर्नुभएको थियो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा