
काठमाडौँ, २९ असोज (रासस) – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।
शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आज साँझबाट भोलि (सोमबार) बिहान नौ बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।
एनआरएनको अध्यक्षका लागि आज वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता गराउनुभयो । अध्यक्षका दाबेदार रहनुभएका जमुना गुरुङ र टिबी कार्कीले भने आइतबार साँझसम्म आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छैन । उहाँहरुले सोमबार बिहान उम्मेदवारी दर्ता गर्ने बताइएको छ ।
एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक-एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक-एक जना तथा युवा संयोजक र उपसंयोजक एक-एक जना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।
सोमबार दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् । आज दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेले प्रस्तुत गर्नुभएको एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन २०२० एण्ड वियोण्ड’ पारित गरेको छ ।
प्रस्तावमा नीति निर्माण संस्था र परोपकारी कामका लागि सहयोग कोष स्थापना गर्ने उल्लेख छ । अध्यक्षको अधिकार उपाध्यक्ष, महासचिवलगायतका सचिवालयमा पनि बाँड्ने, गैरआवासीय नेपालीको दोस्रो पुस्तालाई पनि एनआरएनएमा समेट्ने कार्यक्रम ल्याउने उल्लेख छ । सम्मेलन मंगलबार समापन हुनेछ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा