
काठमाडौँ, २८ असोज (रासस) – विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरोहरका रुपमा रहेका राजधानीका मन्दिर, पाटीपौवा तथा चैत्यको पुनःनिर्माण तथा मर्मत सम्भारको कार्य अझै सन्तोषजनकरुपमा अघि बढेको छैन ।
राजधानीको मुटुमा रहेको काष्ठमण्डप, हनुमानढोका क्षेत्र तथा धरहराजस्ता महत्वपूर्ण सम्पदा अझै लथालिङ्ग अवस्थामा रहेका छन् । गुठी संस्थानले संकलन गरेको एक तथ्यांकअनुसार सो भूकम्पमा परी देशभरिका ३४१ भन्दा बढी मन्दिर, चैत्य तथा गुम्बामा पूर्ण वा आंशिक रुपमा क्षति पुगेको छ ।
ती संरचनाको पुनःनिर्माण तथा मर्मत सम्भारका लागि रु १४ अर्ब खर्च हुने अनुमान रहेको गुठी संस्थानका प्रवक्ता उपप्रशासक सरोज थपलियाले राससलाई जानकारी दिनुभयो । उहाँले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगको छलफलपछि ती सम्पदाको पुनःनिर्माण कार्य चरणबद्घरुपमा अघि बढाउने सहमति भएको बताउनुभयो ।
गुठी संस्थानअन्तर्गत रहेको काष्ठमण्डपसँगै रहेको सिँल्यँ सत्तलको जीर्णोद्धार कार्य रु एक करोड ५० लाखको लागतमा सम्पन्न गरिसकेको छ । जसमा गुठी संस्थानले ६० प्रतिशत तथा कामपाले ४० प्रतिशत रकम व्यहोरेको थपलियाले बताउनुभयो ।
संस्थानले सैनिक मञ्चसँगै रहेको महाँकाल (शनिदेव) को मन्दिर, रणमुक्तेश्वरमा रहेको महादेवको मन्दिर, ब्लु स्टार होटल अगाडि रहेको हिरण्य नारायणको मन्दिर, वसन्तपुरमा रहेको कुमारी घर तथा भक्तपुरमा रहेको जङ्गम मठको पुनःनिर्माण कार्य छिट्टै अघि बढाउने भएको छ । त्यसका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुठी संस्थानलाई रु एक अर्ब दिने सैद्धान्तिक निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो ।
गुठी तैनाथी जग्गामा अरु कसैको हक नलाग्ने र गुठीको मात्रै हक हुने मन्दिर, मठ, गुठी, पाटीपौवाको संरक्षण गर्ने काम गुठी संस्थानले गरिरहेको छ । देशका विभिन्न ६८ जिल्लामा छरिएर रहेको गुठीमा विसं २०६२-६३ को तथ्यांकअनुसार नेपालमा १४ लाख ५० हजार रोपनी गुठी जग्गा रहेको छ । गुठी तैनाथी जग्गा ४० हजार रोपनी रहेको अनुमान छ ।
संस्थानले हाल वार्षिक रु चार करोड मन्दिर तथा पाटीपौवा जीर्णोद्धार तथा मर्मत सम्भारका लागि छुट्याउँदै आएको छ । तीमध्ये रु ५-१० लाख खर्च गरी मर्मत सम्भार हुन सक्ने मठमन्दिरलाई भविष्यमा ठूलो क्षति हुनबाट बचाउन त्यस्ता क्षेत्रमा मर्मत सम्भारलाई संस्थानले प्राथमिकतामा राखी काम गरिरहेको थपलियाले बताउनुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]