काठमाडौँ, २७ असोज (रासस) – नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिह्न ‘देब्रे आँखा’ लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
पार्टीको आज बसेको संघीय सचिवालयको विस्तारित बैठकले वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साझा चुनाव चिह्न प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको हुनाले निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर सहभागी हुने निर्णय गरेको नयाँ शक्ति केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले संविधानको आधारभूत अन्तरवस्तु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई अस्वीकार गर्ने राजनीतिक दल, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तालमेल भएको क्षेत्रबाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बैठकले निर्णय गरेको छ ।
यसअघि नै निर्णय भइसकेका गोरखा क्षेत्र नं २ बाट पार्टी संयोजक डा बाबुराम भट्टराई, कैलाली– ३ बाट कृष्णकुमार चौधरी, कपिलवस्तु– १ बाट दानबहादुर चौधरी, रसुवाबाट प्रेम तामाङ र खोटाङबाट मदन राईले उम्मेदवारी दिने निर्णयलाई यथावत् राखिने विज्ञप्तिमा उल्लेख छ ।
समानुपातिकतर्फको बन्दसूची तयार पार्ने र विभिन्न पक्षसँग वार्ता–छलफल गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयलाई दिइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा