
भक्तपुरको नवदुर्गा देवगणको दर्शन पछि फर्कने क्रममा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः रत्न श्रेष्ठ, रासस
भक्तपुर, १९ असोज (रासस) – बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजार्चना गर्नुभएको छ ।
राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजेर १५ मिनेटमा मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारी सुवर्ण वनमाला र नकी विजेश वनमालाले नवदुर्गाको दर्शन गराउनुभएको थियो । नवदुर्गाका अर्का पुजारी जुलाल कर्माचार्यले राष्ट्रपतिलाई नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो ।
त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणलाई जनही रु ५०५ का दरले दक्षिणा दिनुभएको थियो । देवगणले भने आफूहरुको अवस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यवस्था गर्नुपर्ने कुरा राष्ट्रपतिसमक्ष माग गरेका थिए ।
राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रजिअ द्रोण पोखरेल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रहरी उपरीक्षक किरण राणा, तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, गुठी कार्यालयका प्रमुख, सरकारी कार्यालयको कर्मचारीलगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।
नवदुर्गा जात्रा सञ्चालनका लागि वर्षको करिब रु १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै संकटमा परेको देवगणले गुनासो गरेका छन् । राष्ट्रपति भण्डारीलाई तलेजुका जोशीले तलेजुको प्रसाद प्रदान गर्दै कुमारीको मासिक भत्ता बढाइदिन आग्रह गर्नुभएको थियो । कुमारीको मासिक भत्ता रु तीन हजार १५० मात्रै भएको धेरै वर्ष भएकाले त्यसबाट गुजारा नचल्ने जनाइएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार