
जनवादी गणतन्त्र चीन स्थापना भएको ६८औँ वार्षिकोत्सवका अवसरमा आइतबार नेपालस्थित चिनियाँ दूतावासले आयोजना गरेको विशेष समारोहमा सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत यू होङ । तस्बिरः कालिका खड्का, रासस
काठमाडौँ, ८ असोज (रासस) – जनवादी गणतन्त्र चीन स्थापना भएको ६८ औँ वार्षिकोत्सवको अवसरमा नेपालस्थित चिनियाँ दूतावासले विशेष समारोहको आयोजना गरेको छ ।
सो अवसरमा सभामुख ओनसरी घर्तीमगर, उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मा, सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, समारोहमा राजनीतिक दलका नेताहरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीमबहादुर रावल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा प्रकाशशरण महत, डा रामशरण महत, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा मालेका महासचिव सीपी मैनाली, नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताको उपस्थिति थियो ।
समारोहमा सुरक्षा निकायका प्रमुखहरु, प्राज्ञ, कलाकार, व्यवसायी, पत्रकारलगायतको उपस्थिति थियो । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ६८ औँ वर्ष अत्यन्तै सुमधुर, पारस्परिक सद्भाव, विश्वास, एकअर्काबीच सार्वभौमिकताप्रतिको सम्मान दुवै मुलुकबीच न्यायपूर्ण सम्बन्धको कडी भएको बताउनुभयो ।
उहाँले ‘वान बेल्ट वान रोड’ को समझदारी पत्रमा हस्ताक्षर, नेपालका बाढीपीडितलाई चिनियाँ सरकारबाट रु १० लाख अमेरिकी डलर सहयोगलगायत थुप्रै समझदारीपत्रमा हस्ताक्षर हुनुले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धको पुष्टि गर्ने उल्लेख गर्नुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने