
लन्डन । यो सप्ताहन्त म्यानचेस्टरमा हुन गइरहेको ‘ब्रिटिश नेशनल तेक्वान्डो च्याम्पियनसीप ०१७’ मा बेलायतस्थित नेपाली खेलाडी समेत सहभागी भएका छन् । ३७ नेपाली खेलाडी सहभागी ‘नेपाल यूके तेक्वान्डो टिम’ ले सहभागिता जनाएको हो ।
बेलायतका दुई डोजाङ सगरमाथा तेक्वान्डो डोजाङ र जेन मार्सल आर्टस आवद्ध खेलाडीहरुको संयुक्त टिम च्याम्पियनसीपमा सहभागी भएको टिम व्यवस्थापक राष्ट्र राईले जानकारी दिए ।
नेपाली खेलाडी ७ देखि २२ वर्ष उमेर समूहका छन् । उक्त च्याम्पियनसीपमा बेलायतभरबाट करिब एघारसय खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
पिवी, क्याडेट, जुनियर र सिनियर गरि चार क्याटेगोरिजमा प्रतिष्पर्धा हुने जनाउंदै टोली नेता राईले च्याम्पियनसीपमा सहभागिताले नेपाल देशको प्रतिनिधित्वसहित खेलाडीको प्रतिभा उजागर हुने बताए ।
‘यसले भविष्यमा नेपाली खेलाडीलाई ब्रिटेनको राष्ट्रिय खेलमा सहभागी हुन पनि उत्प्रेरित गर्ने मेरो विश्वास छ’, राईले भने ।
राईले यही डिसेम्बरमा नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको तेक्वान्डो प्रतियोगितामा समेत बेलायतबाट नेपाली खेलाडी लैजाने योजना सुनाए । अर्को वर्ष युरोप र दक्षिण कोरिया पनि जाने सोच राईको छ ।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला