
लन्डन । यो सप्ताहन्त म्यानचेस्टरमा हुन गइरहेको ‘ब्रिटिश नेशनल तेक्वान्डो च्याम्पियनसीप ०१७’ मा बेलायतस्थित नेपाली खेलाडी समेत सहभागी भएका छन् । ३७ नेपाली खेलाडी सहभागी ‘नेपाल यूके तेक्वान्डो टिम’ ले सहभागिता जनाएको हो ।
बेलायतका दुई डोजाङ सगरमाथा तेक्वान्डो डोजाङ र जेन मार्सल आर्टस आवद्ध खेलाडीहरुको संयुक्त टिम च्याम्पियनसीपमा सहभागी भएको टिम व्यवस्थापक राष्ट्र राईले जानकारी दिए ।
नेपाली खेलाडी ७ देखि २२ वर्ष उमेर समूहका छन् । उक्त च्याम्पियनसीपमा बेलायतभरबाट करिब एघारसय खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
पिवी, क्याडेट, जुनियर र सिनियर गरि चार क्याटेगोरिजमा प्रतिष्पर्धा हुने जनाउंदै टोली नेता राईले च्याम्पियनसीपमा सहभागिताले नेपाल देशको प्रतिनिधित्वसहित खेलाडीको प्रतिभा उजागर हुने बताए ।
‘यसले भविष्यमा नेपाली खेलाडीलाई ब्रिटेनको राष्ट्रिय खेलमा सहभागी हुन पनि उत्प्रेरित गर्ने मेरो विश्वास छ’, राईले भने ।
राईले यही डिसेम्बरमा नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको तेक्वान्डो प्रतियोगितामा समेत बेलायतबाट नेपाली खेलाडी लैजाने योजना सुनाए । अर्को वर्ष युरोप र दक्षिण कोरिया पनि जाने सोच राईको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा